नेभिगेशन
शनिबार, भदौ २७, २०८३

अबका ३  दिन बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना

काठमाण्डौ - अबको तीन दिन भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिनमार्फत आज रातिदेखि ३० गते मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही ठाउँमा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो । 

यी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । 

अहिले काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

प्रकाशित मिति:
थप खेलकुद