नेभिगेशन
आइतबार, भदौ २८, २०८३

धेरैजसो पहाडी र हिमाली क्षेत्रमा वर्षा

काठमाण्डौ – देशका धेरैजसो पहाडी र हिमाली क्षेत्रमा पानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै १८.२ मिलिमिटर वर्षा मापन भएको छ । गएराति धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।

सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलामलगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा भएको छ । आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज