नेभिगेशन
आइतबार, भदौ २८, २०८३

इन्डोनेसियामा २४० यात्रु सवार पानीजहाज सम्पर्कविहीन, खोजी चल्दै

इन्डोनेसियामा २४० जना यात्रु सवार पानीजहाज सम्पर्कविहीन भएको छ ।

जाभा सागरमा पानीजहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएका छन् । दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तान प्रान्तको बान्जारमासिनतर्फ यात्रा गरिरहेको थियो ।

यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो । जहाजसँगको अन्तिम सम्पर्क बान्जारमासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै ८० समुद्री माइल टाढा रहेको थियो । सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा उद्धार जहाज त्यसतर्फ पठाइएको छ ।

सम्पर्क टुट्नुअघि यात्रुवाहक पानीजहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नुपरेको इन्डोनेसियाली अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति:
थप विश्व