नेभिगेशन
आइतबार, भदौ २८, २०८३

बाढी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा

काठमाण्डाै – भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा १५ हजार रुपैयाँ आवास भाडा दिने निर्णय गरेको छ ।

गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ४ जनासम्मका परिवारलाई मासिक १५ हजार र ४ जनाभन्दा धेरै सदस्य भएमा प्रतिव्यक्ति थप २ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।

मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैँले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुला राखेको छ । यसका लागि तथ्याङ्क सङ्कलन गर्न पालिकामा फाराम पठाइसकिएको पनि मन्त्रि तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति