नेभिगेशन
सोमबार, भदौ २९, २०८३

तीजको दिन आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

काठमाण्डौ - आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाडी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशदेखि पूर्वका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ । गएराति पनि देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो । तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्लालगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ । 

प्रकाशित मिति:
थप समाज