नेभिगेशन
सोमबार, भदौ २९, २०८३

पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा

काठमाण्डाै – पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ । गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा १२ लाखभन्दा धेरै सिलिन्डरको बजारीकरण भएको छ ।

अघिल्लो वर्ष साउनमा ३१ लाख २१ हजार ४८ सिलिन्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको तथ्याङ्क छ ।

यस्तै पोहोर भदौमा ३३ लाख ५५ हजार ९६० सिलिन्डर ग्यास बिक्री भएकामा यो भदौको २७ गतेसम्म नै ३७ लाख १३ हजार ८९४ सिलिन्डर बजारमा पठाइएको नेपाल आयल निगमले जनाएको छ ।

तर उपभोक्ताले ग्यास नपाएर लाइनमा बस्नुपरेको छ । कतिपय उपभोक्ता टोकनसहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत् छ ।

निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास काठमाण्डौ उपत्यकामा बिक्री/वितरण भइरहेको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति:
थप अर्थ