नेभिगेशन
सोमबार, भदौ २९, २०८३

एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति

काठमाण्डाै – नेकपा एमालेको पुनगर्ठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ ।

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावमा एमालेले भोगेको पराजयको कारण र नयाँ ढङ्गले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदनबारेमा विवाद भएको थियो ।

महासचिव पोखरेलले प्रदेशलगायत १३ भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन बनाउनुभएको थियो ।

तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएकाे आरोप लगाउनुभएको थियो ।

विवाद बढेपछि काभ्रेको एक होटलमा आवासीय रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिइएको सचिव राजन भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप राजनीति