नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

स्विट्जरल्यान्डमा गर्मीले हिमताल पग्लिन थालेपछि जोगाउन कम्बल ओढाइयो

स्विट्जरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन् ।

उनीहरूले पश्चिमी स्विट्जरल्यान्डको त्सानफ्लूरोन हिमनदीमा भेडाको ऊनबाट बनेका दुई वटा कम्बल अर्थात् च्यादर ओढाएका छन् । ऊनका यी कम्बलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् ? भन्ने विषयलाई वैज्ञानिकहरूले  हेर्न र थप अध्ययन गर्न चाहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका ‘सिन्थेटिक’ तानहरूको प्रयोग गरिँदै आइएको छ । यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन्, जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ ।

यो प्रयोग ‘किप इट वुल’ परियोजनाअन्तर्गत भइरहेको छ । यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन् । यो प्रयोगको अर्को उद्देश्य स्विट्जरल्यान्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो ।

यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन्, तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदीलाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ ।

प्रकाशित मिति:
थप विश्व