नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

स्टार्टअपका लागि क्लासिक टेकको एसएमई प्राे म्याक्स १ जीबीपीएस इन्टरनेट

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपलाई लक्षित गर्दै एसएमई प्राे म्याक्स इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ५ वर्षभित्र स्थापना भएका स्टार्टअपहरूले यस प्याकेजअन्तर्गत १ जीबीपीएस इन्टरनेट स्पीड, १ टेराबाइट डाटा र पब्लिक आईपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन् । प्याकेजमा ग्राहकले वाई ई सिक्स राउटर निःशुल्क प्राप्त गर्नुका साथै फ्री सर्वे, इन्स्टलेशन र सेटअप सेवा पनि पाउने कम्पनीले जनाएको छ ।

नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती नेटवर्क समाधान उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ ।

एसएमई प्राे म्याक्स प्याकेजसम्बन्धी थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ ।

प्रकाशित मिति:
थप अर्थ