नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

हिजो र अस्ति घटेको सुनचाँदीको भाउ आज बढ्यो

काठमाण्डौ – हिजो र अस्ति घटेको सुनचाँदीको भाउ आज बढेको छ ।

सुन आज तोलामा १ हजार ७०० रुपैयाँले बढेर तोलाको ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार  सुनचाँदीको भाउ घटेको थियो ।

सुन अस्ति तोलामा १ हजार २०० रुपैयाँ र हिजो ९०० रुपैयाँले घटेको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो ।

आइतबार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज पनि चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार  भैरहेको महासंघले जनाएको छ ।

चाँदी हिजो तोलामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति:
थप अर्थ