नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

एशियाली खेलकुद : नेपाली महिला भलिबल टोली जापानसँग साेझाे सेटमा पराजित

काठमाण्डाै – एशियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ ।

कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग ३–० को सोझो सेटमा पराजित भयो । जापानले पहिलो सेट २५–८, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ ले जित्यो ।

समूह ‘ए’ मा रहेको नेपालले अब भोलि इन्डोनेशियासँग खेल्नेछ । यो खेल भोलि दिउँसो ४ बजेर ५ मिनेटमा शुरू हुनेछ ।

प्रतियोगितामा ४ वटा समूहमा १४ टोली सहभागी छन् । समूह ‘ए’ र ‘बी’ मा ३/३ र समूह ‘सी’ र ‘डी’ मा ४/४ वटा टोली छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

जापानको नागोयामा भइरहेको २०औँ संस्करणकाे एशियाली खेलकुदको औपचारिक शुरुआत हुन ३ दिन बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लिग चरणको खेल भने शुरू भइसकेकाे छ ।

२१ खेलमा सहभागिता जनाएको नेपालको खेल आजदेखि शुरू भएकाे हाे । एशियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो । गएकाे संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो ।

प्रकाशित मिति:
थप खेलकुद