नेभिगेशन
बिहीबार, असोज १, २०८३

एशियाली खेलकुद महिला भलिबल : नेपाल समूह चरणबाटै बाहिरियाे

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ ।

आज भएको समूह ‘ए’ को खेलमा नेपाल इन्डोनेशियासँग ३–० को सोझो सेटमा पराजित भयो । इन्डोनेशियाले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्यो ।

योसँगै समूह ‘ए’ बाट जापान र इन्डोनेशिया क्वाटरफाइनलमा पुगेका छन् । यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो । अब नेपालले वरीयताका लागि प्लेअफ खेल्नेछ ।

प्रतियोगितामा ४ वटा समूहमा १४ टोली सहभागी छन् । समूह ‘ए’ र ‘बी’ मा ३/३ र समूह ‘सी’ र ‘डी’ मा ४/४ वटा टोली छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

एशियाली खेलकुदको औपचारिक उद्घाटन पर्सि शनिवार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लिग चरणको खेल भने शुरू भइसकेको छ । प्रतियोगितामा नेपालले २१ खेलमा सहभागिता जनाएको छ ।

प्रकाशित मिति:
थप खेलकुद