नेभिगेशन
आइतबार, असोज ४, २०८३

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाण्डौ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार कातिक ९ गते सोमबारदेखि प्रतियोगिता शुरु हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कातिक १० गते  मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । 

लिग चरणका प्रतिस्पर्धा कातिक २९ गतेसम्म जारी रहनेछन् । त्यसपछि प्लेअफका खेलहरू हुनेछन् । निर्धारित तालिकाअनुसार मंसिर १ गते पहिलो क्वालिफायर आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात् मंसिर २ गते एलिमिनेटर खेलाइनेछ । मंसिर ३ गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णायक खेल मंसिर ५ गते फाइनल खेल हुनेछ । 

प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाण्डौ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । एनपीएलका सबै खेलहरू कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट रंगशालामा हुनेछन् । 

यसअघि सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो । 

818353606_1097995316120544_6502151324491112197_n-(1)-1789822013.jpg
 

प्रकाशित मिति:
थप खेलकुद