नेभिगेशन
मंगलबार, असोज ६, २०८३

एशियाड कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित, महिलाको विजयी शुरुआत

काठमाण्डौ – जापानको नागोया आइचीमा चलिरहेको २०औँ एशियाली खेलकुद (एशियाड) अन्तर्गत पुरुष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग ५८–४३ अंकले पराजित भएको छ ।

आज बिहान भएको  समूह ‘बी’ को खेलमा नेपालले पहिलो हाफमा १७ अंक जोड्दा पाकिस्तानले ३० अंक बनायो । दोस्रो हाफमा नेपालले २६ अंक थप्दा पाकिस्तानले २८ अंक जोड्यो ।

नेपालले दुवै हाफमा कुल ४३ अंक बनाउँदा पाकिस्तानले ५८ अंक जोड्दै १५ अंकको जित निकालेको हो । पहिलो खेलमा नेपालले थाइल्यान्डसँग ५९–४८ अंकले हार बेहोरेको थियो ।

यस्तै महिला कबड्डीमा भने नेपालले विजयी शुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको हो । यस्तै करातेको महिला टिम काताको कास्य पदक प्रतिस्पर्धामा पनि नेपाल पराजित भएको छ ।

रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेसँग ५–० ले पराजित भएको हो । त्यसअघि क्वाटरफाइनलमा नेपाल भियतनामसँग ५–० ले नै पराजित भएको थियो । भियतनामले सेमिफाइनलमा चाइनिज ताइपेलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो ।

प्रकाशित मिति:
थप खेलकुद