नेभिगेशन
बिहीबार, असोज ८, २०८३

एशियाडको महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

काठमाण्डौ – जापानमा चलिरहेको २०औं एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेइसँग खेल्दैछ ।

खेल बेलुका पौने ५ बजे हुनेछ । आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । साथै सेमिफाइनलमा पुग्ने टोलीले कम्तीमा कास्य पदक जित्नेछ ।

त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । नेपालले हिजो समूह चरणको खेलमा थाइल्यान्डलाई हराउँदै विजयी शुरुआत गरेको थियो । नेपाल रहेको समूहमा चाइनिज ताइपेइ, श्रीलंका र थाइल्यान्ड छन् ।

अर्को समूहमा इरान, भारत, बङ्गलादेश र जापान छन् । नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ ।

सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ । 

प्रकाशित मिति:
थप खेलकुद