नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

एशियाली खेलकुद : नेपाली महिला कबड्डी टाेली सेमिफाइनलमा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ३४–२४ ले हरायो । नेपाल पहिलो हाफमा १९–१३ र दाेस्राे हाफमा १५–१२ काे अग्रतासहित समग्रमा ९ अङ्कले अघि रह्याे ।

योसँगै नेपाली महिला टाेलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ । कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ । अब नेपाली महिला टोलीले सेमिफाइलनमा भारतसँग खेल्नेछ ।

यसअघि सन् २०२३ मा चीनमा भएको १९औँ संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।

यस्तै पुरुष कबड्डीमा नेपालले सान्त्वना जीत हासिल गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेशियालाई ७३–५२ ले हरायो । नेपाल यसअघि लगातार तीन खेलमा पराजित हुँदै सेमिफाइनल होडबाट बाहिरिइसकेको थियो ।

प्रकाशित मिति:
थप खेलकुद