नेभिगेशन
मंगलबार, असोज १३, २०८३

त्रिशूलीमा बाढीले पुरेको घरमा भेटिएको सुनचाँदी र नगद सम्बन्धित व्यक्तिलाई बुझाइयो

काठमाण्डौ – नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारमा बाढीले पुरेको घरमा सुनचाँदी र नगद भेटिएको छ ।

सशस्त्र प्रहरीले भेटिएको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

गएको भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले स्थानीयबासिन्दा अनुज जोशीको घरमा सुन, चाँदी र नगद भेटाएको हो ।

बाढीमा पुरिएको घरभित्र झण्डै १५ तोला सुन, ६ तोला चाँदी र नगद चार लाख रुपैयाँ फेला पारेको थियो ।

घरको भग्नावशेष खन्दा फेला पारेको नगद, सुन तथा चाँदी सम्बन्धित घरधनी जोशीलाई स्थानीयबासिन्दाको रोहवरमा हिजो सोमबार हस्तान्त्ररण गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले बताउनुभएको छ । 

प्रकाशित मिति:
थप समाज