नेभिगेशन
मंगलबार, असोज १३, २०८३

शेयर बजार लगातार २ दिन घट्याे

काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९.६२ अङ्कले घटेर २ हजार ६०३.७१ विन्दुमा झरेको छ ।

आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह १.८७ प्रतिशतले ओरालो लागेको छ ।

आज १९९ वटा कम्पनीको शेयर घटेकोमा ६९ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सिटिजन्स सुपर ३० म्युचल फन्डको शेयर ५.४४ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन आईसीएफसी फाइनान्सको डिबेन्चर (२०८३) ९.१८ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३६३ वटा कम्पनीको १ करोड १० लाख कित्ता शेयर ४ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ