नेभिगेशन
बुधबार, असोज १४, २०८३

बाढी/पहिरोजन्य पछिल्लो विपद्का घटनामा ३५ जनाले ज्यान गुमाए

काडमाण्डौ – गएको असोज ८ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा अहिलेसम्म ३५ जनाको ज्यान गएको छ।

केन्द्रीय प्रहरीकाअनुसार विपद्बाट बागलुङमा सबैभन्दा धेरै १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै म्याग्दीमा ७, पाल्पामा ५, मनाङमा ४, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक/एक जनाको ज्यान गएको छ । विपद्का घटनामा १५ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार एक हजार ८२ परिवार प्रभावित भएका छन् । दुई सय २७ घर पूर्ण अनि एक सय ४२ घरमा आंशिक क्षति भएको छ । १० वटा पुल, ३१ वटा गोठ र ११४ पशुचौपाया क्षति भएका प्राधिकरणको तथ्याङ्क छ ।

बाढी/पहिरो प्रभावित क्षेत्रका झण्डै २ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।

प्रकाशित मिति:
थप समाज