नेभिगेशन
बिहीबार, असोज १५, २०८३

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको मर्मत थालियो

काठमाण्डौ – कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि सडक सञ्जाल विच्छेद भएको छ ।

पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको छ । बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गमा गुड्ने गाडीले समेत यो पुल प्रयोग गर्दै आएका थिए ।

पुलमा क्षति पुगेपछि लामो दूरीका गाडी चलाउन समस्या भएको छ । अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रु, बिरामीको लागि वैकल्पिक सडकको पहुँच नहुँदा समस्या भएको हो । पोखरा तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तु ओसारपसारमा पनि प्रभाव परेको छ । मालढुङ्गाको पुल मर्मतको काम शुरु गरिएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मूल संरचनामा बाढीले क्षति पुर्‍याए पनि पुलसँगै जोडिएको पर्खाल कटान गरेकाले तत्कालका लागि ग्याबिन जाली लगाउने तयारी थालिएको हो । एक हप्ताभित्र पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज