नेभिगेशन
बुधबार, असोज १४, २०८३

आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई लाख ९३ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलामा तीन हजार ८०० रुपैयाँले घटेर तोलाको दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी ३० रुपैयाँले बढेर तोलाको ४ हजार ४२५ रुपैयाँ पुगेको छ ।

यसअघि हिजो चाँदी तोलाको ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।   

प्रकाशित मिति:
थप अर्थ