नेभिगेशन
बुधबार, असोज १४, २०८३

लगातार ३ दिन घटेकाे नेप्से २ हजार ६०० विन्दुमुनि

काठमाण्डाै – शेयर बजार लगातार तीन दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.८२ अङ्कले घटेर २ हजार ५९८.८९ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, म्युचल फन्ड र लगानी बाहेक सबै समूहको सूचक घटेको छ । आज १५७ वटा कम्पनीको शेयर घटेकोमा १०९ वटाको बढेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सानिमा ग्रोथ फन्ड र चिरख्वा हाइड्रोपावरको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य ओरालो लागेको दिन सिन्धु विकास बैंकको शेयर १४.३७ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीको १ करोड २६ लाख कित्ता शेयर ४ अर्ब ७६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ