नेभिगेशन
बिहीबार, असोज १५, २०८३

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

काठमाण्डौ – यस वर्षको दशैँमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्न नपर्ने भएको छ ।

राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको हो ।

आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पायक पर्ने शाखामा गएर नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ । राष्ट्र बैंकका अनुसार सार्वजनिक बिदाबाहेक सबै दिन नोट साट्न सकिनेछ । काठमाण्डौ उपत्यकामा थापाथलीमा हरेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

प्रकाशित मिति:
थप अर्थ