नेभिगेशन
शनिबार, असोज १७, २०८३

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाण्डौ - कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा रोकिएको हो । आज ०.४५ प्रतिशतले बजार घटेको छ । 

हिजो ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३५६ कम्पनीका एक करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज १३ उपसमूहमध्ये २ उपसमूह बढ्यो भने ११ उपसमूह घट्यो । ६१ कम्पनीको शेयर मूल्य बढ्दा २०७ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्यमा भने घटबढ भएको छैन । 

नेप्सेका अनुसार आज सबैभन्दा धेरै कमाउनेमा एनएमबी डिभेन्चर रहेको छ । आज कमाउनेमा डिभेन्चरसहित एसबीएल डिभेन्चर, मन्दु हाइड्रोपावरलगायत छन् । आज धेरै गुमाउनेमा सिन्धु विकास बैंक, धौलागिरि लघुवित्त,  मुक्तिनाथ कृषि कम्पनीलगायत छन्  ।  

प्रकाशित मिति:
थप अर्थ