नेभिगेशन
मंगलबार, असोज २०, २०८३

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

काठमाण्डाै –  चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।

यस पटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा दुई जना ग्राहकले नयाँ टाटा पन्च ईभी (विद्युतीय कार) जित्ने अवसर प्राप्त गर्नेछन् ।

योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एक पटकमा २ हजार ५०० भन्दा धेरैकाे सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च उपहार प्रदान गरिनेछ ।

साथै भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले टाटा पन्च जित्न सक्ने भाटभटेनीले बताएको छ ।

नयाँ टाटा पञ्चमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन् । यसले नेपालको बाटोमा गरिएको परीक्षणअनुसार एक पटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् ।

यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एअरब्याग, ३६० डिग्री क्यामेरा, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।

टाटा मोटर्सको २० वटा शोरुमसँगै अब नेपालभरिको २८ वटा भाटभटेनीमा पनि टाटा कारको जानकारी लिन सकिने छ । यसका साथै यो चाडपर्वको बेलामा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकले थुप्रै सरप्राइज पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
थप अर्थ