नेभिगेशन
मंगलबार, असोज २०, २०८३

पदीय हैसियत दुरुपयोग गरी गोप्य सूचना चुहाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाए कारबाही हुने चेतावनी दिनुभएको छ ।

उहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको र पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने बताउनुभएको छ ।

गृहमन्त्री गुरुङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ ।’

सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल हिजो निलम्बनमा पर्नुभएको छ ।

Suhan-gurung-1791263362.JPG
 

प्रकाशित मिति:
थप राजनीति