नेभिगेशन
बुधबार, असोज २१, २०८३

नेपाली क्रिकेट अब खेलरोमा

काठमाण्डौ – नेपाली क्रिकेटप्रेमीका लागि खेल हेर्नेसँगै खेलको अनुमान गर्न सकिने नयाँ प्लेटफर्म थपिएको छ ।

सफ्टनेपद्वारा विकसित निःशुल्क खेल अनुमान प्लेटफर्म खेलरोले नेपाली क्रिकेटका उपलब्ध खेलहरूलाई आफ्नो प्लेटफर्ममा समावेश गरेको जनाएको छ ।

खेलरोका अनुसार प्रयोगकर्ताले खेल शुरू हुनुअघि विभिन्न नतिजाको अनुमान गर्न, सही अनुमानका आधारमा अङ्क प्राप्त गर्न र लिडरबोर्डमा अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सक्नेछन् ।

कम्पनीले खेलरो बेटिङ प्लेटफर्म नभई खेलसम्बन्धी ज्ञान, अनुमान र प्रतिस्पर्धामा आधारित निःशुल्क प्रेडिक्शन प्लेटफर्म भएको जनाएको छ । यसका लागि प्रयोगकर्ताले पैसा लगानी गर्नुपर्ने छैन ।

यसअघि अन्तर्राष्ट्रिय फुटबलमा केन्द्रित रहेको खेलरोले अब नेपाली क्रिकेटमा पनि आफ्नो सेवा विस्तार गरेको हो । खेलरो एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
थप प्रविधि