नेभिगेशन
बुधबार, असोज २१, २०८३

आज सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार सुनको भाउ घटबढ भएको थिएन । हिजो अस्ति सोमबार जस्तै तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज तोलाको ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
थप अर्थ