नेभिगेशन
बिहीबार, असोज २२, २०८३

शेयर बजार सामान्य बढ्याे

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से २.३१ अङ्कले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १४० वटा कम्पनीको शेयर बढेकोमा १२७ वटाको घटेको छ । ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कुथेली बुखारी हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन आरबीबी म्युचल फन्ड–२ को शेयर ८ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३५४ वटा कम्पनीको १ करोड १२ लाख कित्ता शेयर ३ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ