नेभिगेशन
आइतबार, असोज २५, २०८३

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाण्डाै – त्रिशूली नदीले कटान गरेर भासिँदा अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।

धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक खण्ड मर्मत गरेपछि दिउँसो ३ बजेदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सडक भासिएपछि अस्ति बेलुकीदेखि अवरुद्ध बनेको राजमार्ग खुलाउन सडक विभाग तथा नागढुङ्गा–नौबीसे–मुग्लिन सडक आयोजनाको टोली लागेको थियो ।

राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा काठमाण्डौ उपत्यकाबाट बाहिरिने र काठमाण्डौ भित्रिने गाडी प्रभावित भएका थिए । विशेषगरी दशैँका लागि घर जाने यात्रुको चाप बढिरहेका बेला सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी समस्यामा थिए ।

प्रकाशित मिति:
थप समाज