नेभिगेशन
बिहीबार, असोज २९, २०८३

कपाल तानेको घटनामा रातो कार्ड पाएपछि भिनिसियसले ‘एल क्लासिको’ गुमाउने

काठमाण्डाै – रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लिगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन् ।

गएको हप्ता ला लिगामा भिल्लारियलका खेलाडी नाथन सालिबाकाे कपाल तानेको घटनामा भिनिसियसलाई चार खेलको प्रतिबन्ध लगाइएको छ ।

ब्राजिलका फरवार्डले मड्रिडका आउँदो चार लिग खेलहरू गुमाउनेछन्, यसमा यही अक्टोबर २५ मा प्रतिद्वन्द्वी तथा लिग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतिक्षित ‘एल क्लासिको’ खेल पनि समावेश छ ।

स्पेनिश फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्द्वी क्लबहरू रियल मड्रिड र बार्सिलोनाबीच हुने खेललाई ‘एल क्लासिको’ भनिन्छ । विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ ।

भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासङ्घको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

प्रकाशित मिति:
थप खेलकुद