नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपीएल खेल्ने

काठमाण्डौ – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

हिजो पोखराले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आईसीसी टी–२० अन्तरराष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसनले एनपीएलको तेस्रो संस्करण आफ्नो टोलीबाट खेल्ने पोखराले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

३१ वर्षीय हसनले अहिलेसम्म बङ्गलादेशका ७८ टी–२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् । साथै विभिन्न ६ वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग समेत खेलेका छन् ।

एनपीएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपीएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाण्डौमा शुरु हुँदैछ ।   

प्रकाशित मिति:
थप खेलकुद