नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

सिरहाकाे गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन मेयर देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नगरपालिकामा हाटबजार ठेक्कामा एक करोड ६० लाख रुपैयाँभन्दा धेरै अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन मेयर तेलीसहित उपमेयर रेशमकुमारी थारू, प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादवलाई प्रतिवादी बनाएको छ ।

अख्तियारले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत केसी, राजस्व शाखा प्रमुख र हाटबजार ठेकेदारसँग जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो माग गरेको छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोसँग जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो माग भएको आराेपपत्रमा उल्लेख छ ।

प्रकाशित मिति:
थप खेलकुद