नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

देउवा समूहले काठमाण्डौको खुलामञ्चमा महाधिवेशन गर्ने

काठमाण्डौ – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आउँदो मंसिर २१ देखि २३ गतेसम्म काठमाण्डौको खुलामञ्चमा समानान्तर महाधिवेशन गर्ने भएको छ ।

महाधिवेशनका लागि यो समूहले काठमाण्डौ महानगरसँग खुलामञ्च, राष्ट्रिय सभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति लिएको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुनेछ । नयाँ नेतृत्व चयनका लागि मतदान राष्ट्रिय सभा गृहमा गरिनेछ भने खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइनेछ ।

महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी हुने अनुमान छ । अहिले देउवा समूहले प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन गरिरहेको छ ।
 

प्रकाशित मिति:
थप राजनीति