नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

प्रहरीको गोली लागेर घाइते बालकको शरीरबाट निकालियो गोली

काठमाण्डौ - बाराको फेटा गाउँपालिका वडा नम्बर ३ मा नवनिर्मित आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा प्रहरीको गोली लागेर एक बालक घाइते भएका छन् । 

बिहान गाउँपालिका अध्यक्ष र पूर्वअध्यक्ष समर्थकबीच विवाद भई झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली चलाएको थियो । 
गोली लागेर स्थानीय १४ वर्षीय आदित्य पासवान घाइते हुनुभएको हो । उहाँको वीरगन्जमा रहेको नेश्नल मेडिकल कलेजमा शल्यक्रिया गरी गोली निकालिएको र स्वास्थ्य अवस्था स्थिर रहेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभएको छ । 

झडपका क्रममा केही हरीसमेत घाइते भएका छन् । १० वटा मोटरसाइकलमा आगजनी भएको छ । अहिले त्यहाँको स्थिति सामान्यतर्फ उन्मुख रहेको र थप सुरक्षाकर्मी परिचालन गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज