नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

हिमाली तथा पहाडी एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज देशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेशको तराईका एक/दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा छिटपुट वर्षा भएको छ । धेरै ठाउँको मौसम सफा छ ।

बंगालको खाडीमा विकसित ’अर्नब’ चक्रवातको प्रभाव सकिएसँगै हिजोदेखि मौसम खुलेको हो । बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना भए पनि यसको असर नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।

मौसमविद्हरुले पनि नयाँ प्रणालीको असर नपर्ने भएकोले ढुक्क भएर धान काट्न सुझाव दिएका छन् । मौसमविद्का अनुसार अब दुई हप्तासम्म नेपालमा ठूलो पानी पार्ने प्रणाली आउने संभावना छैन ।

हिजो भारतीय मौसम विज्ञान विभागले दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै चक्रवाती आँधीमा परिणत हुने क्रममा रहेको जनाएको थियो । 

प्रकाशित मिति:
थप समाज