नेभिगेशन
मंगलबार, कात्तिक १७, २०८३

एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई वटा खेल हुँदैछन् ।

कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजको पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच रहेको छ । यो खेल दिउँसो साढे १२ बजे शुरु हुनेछ ।

अहिलेसम्म तीन वटा खेल खेलेको विराटनगरले एक जीत र दुईमा हार बेहोरेको छ । त्यस्तै समान तीन खेलमा जनकपुरले दुईमा जीत र एकमा हार बेहोरेको छ । आजको दोस्रो खेल साविक उपाधि विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

यो खेल बेलुका ५ बजे शुरु हुनेछ । लुम्बिनीले यसअघि दुई खेलमा एक जितेको छ । उसले उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिमलाई हराएको थियो भने चितवनसँग वर्षाका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

पोखराले यसअघि आफ्ना दुवै खेल हारेको छ । एनपीएल अन्तर्गत हिजो भएका दुई खेलमा सुदूरपश्चिम रोयल्स र  काठमाण्डौ गोर्खाज विजयी भएका छन् । आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।  

प्रकाशित मिति:
थप खेलकुद