नेभिगेशन
मंगलबार, कात्तिक १७, २०८३

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै – यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो ।

यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू हुनेछन् । २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ ।

कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ । त्यस्तै कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।

कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरू हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधवार यमद्वितीया तथा भाइटीका मनाइनेछ ।

समितिका अनुसार भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ ।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाउने तथा मखमली र सयपत्रीका माला पहिर्‍याउने परम्परा छ ।

प्रकाशित मिति:
थप समाज