नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

काठमाण्डौ –  सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । 

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । 

सुवेदीलाई हिजो अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति:
थप अर्थ