नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

घोप्टेभीरमा पहिरोले पृथ्वी राजमार्ग फेरि बन्द, यात्रुलाई सास्ती

काठमाण्डौ - चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ ।

पहिरोले पृथ्वी राजमार्ग बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार गए राति ९ बजे पहिरो खसेको हो । सुक्खा पहिरोले दुईतर्फी नै सडक अवरुद्ध छ ।

अस्ति आइतबार र त्यसपछि हिजो पनि पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध थियो । हिजो सफा गरी खुलाएको भए गए राति फेरि पहिरो खस्दा बन्द भएको हो । पहिरो पन्छाउन थालिएको छ ।

पहिरोका कारण मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी रोकिएका छन् । तिहार मनाउन आउजाउ गर्ने तथा अरू काम विशेषले यात्रा गर्नेहरू समस्यामा परेका छन् । 

प्रकाशित मिति:
थप समाज