नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

यू–१९ एशिया कप : पाकिस्तानले दियाे नेपाललाई २७६ रनकाे लक्ष्य

काठमाण्डाै – ओमानमा चलिरहेको १९ वर्षमुनिको एशिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ ।

अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो । पाकिस्तानका अहमद हुसेनले ८९, कप्तान फरहान युसुफले ७४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ३, सुशीलबहादुर रावलले २ विकेट लिए ।

नेपाल यसअघि लगातार दुई हारसँगै समूह चरणबाट बाहिरिइसकेको छ । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा भारतसँग १० विकेट र दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ७ विकेटले पराजित भएको थियो ।

पाकिस्तानले पहिलो खेलमा यूएईलाई ९ विकेट र दोस्रो खेलमा भारतलाई ३ विकेटले हराएको थियो । 

समूह ‘बी’ बाट अफगानिस्तान अपराजित रहँदै शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद