नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

एनपीएलमा जनकपुर पराजित, चितवन प्लेअफ नजिक

काठमाण्डौ - नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। चितवनका लागि डेभिड मलानले सर्वाधिक ३५ रन बनाए । कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन बनाए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनाएको थियो। कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । आजको जीतपछि ७ अङ्क जोडेको चितवन तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

आजको जीतसँगै चितवनले प्लेअफ सम्भावना बलियो बनाउँदा पहिलो संस्करणको विजेता जनकपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । जनकपुरसँगै कर्णाली याक्स पनि प्लेअफ दौडबाट बाहिरिएको छ । यसअघि नै र पोखरा एभेन्जर्स बाहिसकेको थियो । एनपीएलमा भोलि एक खेल हुनेछ । भोलि बेलुका ५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति:
थप खेलकुद