नेभिगेशन
मंगलबार, मंसिर १, २०८३

काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाण्डाै – काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले शङ्कास्पद गतिविधि गरिरहेको गुनासोका आधारमा पाँचखाल नगरपालिका वडा नम्बर ७ मा रहेको ह्वाइट पार्क रिसोर्टमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३१ जना पुरुष र ५ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार रिसोर्टको दुई वटा कोठामा ठूलो सङ्ख्यामा ल्यापटप र मोबाइलसमेत बरामद भएको छ । उनीहरूले दुई वटा कोठा भाडामा लिएर एउटा कार्यालयजस्तो बनाएका पाइएको छ ।

उनीहरू किन आएका र के गर्न खोजेका हुन् भन्ने खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज