नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

हेटौँडा–कुलेखानी सडक भोलि एक दिन बन्द हुने

काठमाण्डाै – हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी सडक भोलि एक दिन बन्द हुने भएको छ । मकवानपुरको हेटौँडा–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने सार्वजनिक गाडी भोलि शुक्रवारका दिन चलाउन प्रशासनले रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–१ त्रिखण्डीमा त्रिखण्डेश्वर महादेव मन्दिर क्षेत्रमा हरिबोधिनी एकादशीका दिन मेला तथा जात्रा लाग्ने भएकाले हेटौँडा–कुलेखानी सडक बन्द गर्न लागिएको हो ।

यो सडक हुँदै काठमाण्डौ आउजाउ गर्ने सार्वजनिक गाडीलाई भोलि एक दिन कान्ति लोकपथ प्रयोग गर्न प्रशासनको आग्रह छ ।

1-1795091685.jpg

प्रकाशित मिति:
थप समाज