नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाण्डौ - सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।

आज भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लाइन्ससँगको भेट पक्का गरेको हो।

चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७ विकेट गुमाएर पूरा गर्‍यो ।  एनपिएलका तीनवटै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ।

पर्सि शनिबार एनपीएलको फाइनलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति:
थप खेलकुद