नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द

काठमाण्डाै – पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घोप्टेभीरलगायत क्षेत्रमा सडक निर्माण गर्न बिहान ११ देखि दिउँसो ४ बजेसम्म अर्को सूचना नआएसम्मका लागि गाडीको आवागमन बन्द गरिने भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार पोखराबाट छुटेका गाडीलाई तनहुँको आँबुखैरेनीमा रोकिनेछ ।

त्यस्तै चितवनको नारायणगढ हुँदै चल्ने गाडीलाई जुगेडी र आँपटारीमा रोकिनेछ । अरू गाडीलाई रमाइलो डाँडामा समेत रोक्ने गरी व्यवस्था गरिएको छ ।

मुग्लिन बजार क्षेत्रमा भने गाडी नरोक्ने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख थापाले जानकारी दिनुभयो ।

सडक निर्माण सम्पन्न गरी आवागमन पूर्णरूपमा खुलाउन कति समय लाग्छ भन्ने टुङ्गाे लागेकाे छैन ।

प्रकाशित मिति:
थप समाज