नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

प्रिमियर लिगमा लिभरपुलसँग म्यानचेस्टर ४–० ले पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलले पराजित गरेको छ । नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा पहिलो खेल खेलेको युनाइटेडले गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा लज्जास्पद हार बेहोरेको हो ।

लिभरपुलका डोमिनिक सोबोस्लाईले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि फ्लोरियन विट्र्जले दोस्रो गोल थपे । दोस्रो हाफमा रियो एन्गुमोहाले तेस्रो तथा खेलको अन्त्यतिर भिक्टर मुनोजले चौथो गोल गरे ।

जितसँगै लिभरपुल ११ खेलबाट २१ अङ्क जोड्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लिगको शीर्ष स्थानमा रहेको आर्सनलभन्दा लिभरपुल सात अङ्कले पछाडि छ ।

लगातार खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेड भने ११ खेलबाट आठ अङ्कसहित २० टोली सहभागी लिगको १९औँ स्थानमा झरेको छ । 

प्रकाशित मिति:
थप खेलकुद