नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

जेन्सेन एनभिडियाको मुख्यालय फर्किए, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेरि कम्पनीको मुख्यालय फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन् ।

जेन्सेन हुआङ पुनः पदमा फर्किएपछि एशियाली शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । चिनियाँ जासुस भएको आरोप लागेकी एक महिलासँग सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि हुआङले यसै महिनाको शुरुमा पदबाट राजीनामा दिनुभएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाको सञ्चालक समितिसँग छलफल गरेर हुआङलाई पुनः जिम्मेवारीमा फर्काउन सहमति जुटाएको बताउनुभएको थियो ।

साथै ट्रम्पले हुआङको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा जोखिम नरहेको बताएको बीबीसीले जनाएको छ । जेन्सेनले दोस्रो अवसर दिएकोमा सबैलाई धन्यवाद दिँदै यसपटक अझ राम्रो प्रमुख कार्यकारी बन्ने बताउनुभएको छ ।

हुआङको पुनरागमनको खबरपछि ताइवानको शेयर बजार पाँच प्रतिशतभन्दा धेरै बढेको छ भने  एशियाली शेयर बजारहरू पनि उकालो लागेको छ ।  

प्रकाशित मिति:
थप विश्व