नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

सुनकोशी–मरिण आयाेजनाकाे कागजात ७ दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन

काठमाण्डाै – सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनासम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

जलस्रोत तथा सिँचाइ विभाग र ऊर्जा मन्त्रालयका अधिकारीसँगको छलफलपछि आज समितिले कागजात उपलब्ध गराउन निर्देशन दिएकाे हाे ।

समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायबाट कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने बताउनुभएको छ ।

सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र नभई सिङ्गो देशलाई पर्ने उल्लेख गर्नुभयाे । मधेशलाई अन्नको भण्डारका रूपमा उल्लेख गर्दै उहाँले आयोजना निर्माणमा हुने ढिलाइले देशलाई नै क्षति पुग्ने धारणा राख्नुभयो ।

समितिले सम्बन्धित निकायबाट कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्नुको कारण, त्यसका लागि अपनाइएको प्रक्रिया तथा आयोजनामा परेको प्रभावबारे थप अध्ययन र छलफल गर्ने जनाएको छ ।

यस्तै समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तार आयोजनासम्बन्धी आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति:
थप राजनीति