नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

वैभव सूर्यवंशीले बनाए लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटाे शतक

काठमाण्डाै – भारतका युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका छन् ।

एशिया कप इमर्जिङ स्टार्स अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलमा १५ वर्षीय सूर्यवंशीले यो उपलब्धि हासिल गरेका हुन् । उनले २८ बलमा शतक बनाए । उनले १४ छक्का र ४ चौका प्रहार गरे ।

यसअघि लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान अस्ट्रेलियाका जेक फ्रेजर–म्याकगर्कको नाममा थियो । उनले सन् २०२३ मा ‘द मार्श कप’ मा २९ बलमा शतक बनाएका थिए ।

एशिया कप इमर्जिङ स्टार्समा अहिले भारतले यूएईले दिएकाे २५० रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।

प्रकाशित मिति:
थप खेलकुद